Archive

Archive for the ‘faction’ Category

पुराना खेस्रा: १- धन र मन

June 5th, 2013 2 comments

मेरो यस ब्लगमा सन् २००६ देखिका लेखनहरू मात्र छन् । त्यसभन्दा पहिले मैले सन् २००२ देखि २००५ सम्म क्यानडामा बस्दा छद्मनाममा लेख्ने गरेको थिएँ ब्लगमा। ब्लगस्पटमा लेखिएका  ति लेखनहरू जस्ताका तस्तै त रहेनन् – तर आज कम्प्युटरमा पुराना लेखहरू खोज्नेक्रममा केही लेखनका खेस्राहरू एउटा रार (rar) फोल्डरमा फेला पारें । सबै त यस ब्लगमा राख्न उपयुक्त छैनन्, तर राख्न मिल्ने मध्यबाट चाँहि छानेर राख्ने निधो गरेको छु, लेखेको मिति सहित । नेपाली र अंग्रेजी दुवै भाषामा छन् त्यतिबेलाका मेरा लेखनहरू पनि, तर त्यतिबेला नेपालीमै बढि लेख्ने गर्थें जस्तो छ भेटिएका खेस्राहरू हेर्दा :-)

तिनै खेस्राहरूबाट यो पहिलो टुक्रा, सत्य घटनामा आधारित काल्पनिक कथा :)

मिति: २६ जुलाई २००५

“आइ वाज बिजी – आइ फल इन लभ”
यसरी उसले जवाफ फर्काई जब क्षितिजले धेरै समयदेखि कता हरायौ भनी सोध्यो। अलिक नसोचेको जवाफ थियो यो तर उसलाई रमाइलो लाग्यो – कहिल्यै पनि आफ्ना साथीहरूबाट उसले यस किसिमको जवाफ पाएको थिएन। अनि ‘सधैँ एक्लै भएँ यत्रो उमेरसम्म पनि’ भन्दै गनगन गरिरहने साथीले अचानक मायामा फसेँ भन्दा उसलाई साह्रै खुशी लाग्यो।

साथीलाई बधाई दिँदै उसले भन्यो – “निकै मस्ति छ जस्तो छ तिमीलाई, प्रेममा ब्यस्त हुन पाउँदा!”
उसले भनी – “प्रेमले जीवनलाई रोमान्चक त बनाउँदो रहेछ, तर साह्रै जन्जालपूर्ण पनि।”

क्षितिजले केही प्रतिक्रिया दिन चाहेन उसको त्यो भनाइमा, कारण उसले भोगिसकेको थियो प्रेमको रोमान्चकता, जन्जालपूर्णता अनि विछोडको बेदना पनि। तरपनि साथीको भनाइलाई वास्ता नगरेको जस्तो देखाउन चाहेन र सोधिहाल्यो किन त्यस्तो जन्जालपूर्ण भयो प्रेम भनी। कुरा साथीको प्रेमी अर्कै देशको रहेछ, विश्वविद्यालयमा सँगै पढ्दा रहेछन् दुवैजना, अनि अहिले पढाई सकिने बेलामा बल्ल एक अर्कामा दुई बर्षदेखि पलाएको प्रेमको भावना साटेका रहेछन्। एक महिना जतिमा त दुवै आ-आफ्ना बाटो लाग्ने।

क्षितिजले भन्यो – “किन लग्दैनौ तिम्रो प्रेमीलाई तिमीसँगै आफ्नो देश? अथवा तिमी उसँगै उसको देश जान पनि त सक्छौ नि”
उसले भनी – “मेरो प्रेमी आफ्नै देश फर्किन चाहन्छ पढाई सकेपछि। त्यहाँ गएर गैसस खोली जनताको सेवा गर्ने विचार छ उसको”

“त्यसो भए तिमी उसँग जाऊ, जागिर पाइन भनेर गुनासो गर्थ्यौ अब आफ्नै प्रेमीको गैससमा काम पाउँछौ।” क्षितिजका यी कुरा सुनी उसले ऊ अहिल्यै आफ्नो प्रेमीको विकासोन्ममूख देश, जुनचाँहि त्यो क्षेत्रको सबैभन्दा गरीब देशमा गनिन्छ, मा जान तयार छैन भनेर प्रष्ट्याई।

उसले सोच्यो हुनपनि संसारको सबैभन्दा धनी देशमध्यमा गनिने देशकी उसकी साथी सबैभन्दा गरीब देशमध्यको एकमा जान के तयार हुन्थी र, जतिसुकै गाढा मायामा फसेकी भएपनि। आखिर हामी अहिले यति बास्तुपरक जीवन जिउँछौँ, सानो कुराको अभावले त हामीलाई अत्याउँछ भने उसको साथी र साथीको प्रेमीको देशको जनजीवनमा त आकाश-जमीनको फरक छ। माया-प्रेमले जात, रंग, धर्म आदि केहीलाई पनि छुट्याउँदैन भन्छन्, अनि त्यो कुरा साँचो पनि होला धेरै हदसम्म। उसकै साथीको हदमा पनि साँचो देखियो माया-प्रेमले छालाको रंग नदेखेको। तर अहिलेको युगमा ती पूराना वर्गीकरणहरू भन्दा पनि ठूलो वर्गीकरण त धनी र गरीब बीच पो छ। गरीबको जीवनलाई टाढाबाट हेर्ने अनि उनीहरूको दुख, परिश्रमको गुणगान गाउने, प्रसंशा गर्ने त धेरै भेटिन्छन् तर उनीहरूकै जस्तो जीवन जिउने हिम्मत गर्ने भेट्न मुश्किल नै पर्छ। आखिर आफ्नो भौतिक सुखले भरिपूर्ण जीवन कसले त्यति सहजै त्याग्न सक्छ र?

यी सबै कुरा क्षितिजले मनमै राख्यो – आफ्नी मिल्ने साथीको मायामा खोट लगाउन चाहेन उसले। बरू उसको अवस्थाप्रति सहानुभूति जनायो, अनि उसको सुखद भविष्यको कामना गर्दै बिदा लियो।

एम पी ‘क्षितिज’

भ्यानकुभर, क्यानडा

the man who drives…everybody crazy

December 7th, 2007 1 comment

He doesn’t speak much. But when someone suddenly crosses his path, he honks his horn and curses them plenty. He curses not only those crossing his path but their parents, grandparents and their entire ancestors. He asks them if their entire ancestry never learnt how to cross the road properly!?!

He doesn’t speak much. But when he sees someone driving carelessly or on the wrong lane, he honks his horn and curses the driver plenty. He curses not only such drivers but their parents, grandparents and their entire ancestors. He questions if their entire ancestry never learnt how to drive properly!?!

He doesn’t speak much. But when he sees cows, goats or sheep on the road, he slows down. He doesn’t honk his horn, he doesn’t shout, or curse the livestock blocking his path or their ancestors. Instead he stops until they clear the road, even while the drivers behind him are already honking their horns. Only when the road is clear, he drives on.

He doesn’t speak much. But he is the chauffeur who drives everybody in the office…and those outside crazy!

Categories: Africa Diaries, faction Tags:

55-word story…

November 23rd, 2007 3 comments

I had read somewhere about this while blog-hopping. Best way to practice writing – telling more using less words. So here is my first try. Wow, this is already more than half of the 55-words! But intro doesn’t count…

She flashes him. He’s not in mood to see her so doesn’t call back. He knows she’d expect something from him if she came. Of course she’ll give something in return. After a few flashes, she actually calls him. As soon as he picks the phone, she hangs up. Right then there’s a knock at the door. She’s standing outside with her hands joined in Namaskaar! He had taught her how they greeted in his country during their last meeting only three days ago…

Statistics:

Paragraph: 1; Sentences: 9; Characters: 347; Words: 84; I failed :(

Categories: Africa Diaries, faction Tags:

Her Eyes, His Hair

September 21st, 2007 2 comments

He only remembered her eyes – those large hazel-brown eyes. He remembered how she let him know all she wanted just from her looks through those eyes. Her happiness, sadness, anger, playfulness…all. She, on the other hand, only remembered his hair – those long, plaited dark hair, which when cut became nice curly hair, rolled into hundreds of identical rings. She remembered playing with his hair, while he gazed at her eyes. He was generally a quiet type but full of energy for childhood adventures, and a good sense of humour even at that age. Remembering each other always brought smiles to their faces, and a deep urge to meet each other again. And every time they came back home to meet their parents, they remembered each other and wished they would stumble upon each other, only if at the bus stop or the village temple. This urge became stronger when their parents told them how the other was doing, and how they were like a couple as kids and now probably wouldn’t recognise each other even if they met.
Read more…

Categories: faction, write? i try Tags:

कफी ककटेलको कथा…

February 23rd, 2007 2 comments

‘रेनसाँस’ क्याफेमा कफीका लागि आउनेहरूको लाइन नभएको दिन भेट्नु भनेको बालुवामा सुन भेट्नु जस्तै हो। शनिवारको बिहान कफी लिन जाँदा पनि आफूभन्दा अगाडि दुईजना थिए लाइनमा कफीको शुल्क तिर्नको लागि। दुवैजना विश्वविद्यालयमा भइरहेका अनेकौं निर्माणकार्यहरू मध्ये कुनैमा काम गर्ने कामदारहरू रहेछन्। उमेरले अलि पाको देखिने महाशयले दुइवटा कफी र एक क्वासँ (croissant) माँगे र त्यसको मूल्य चुकाउनलाई खल्तिबाट केही सिक्काहरू तथा एउटा दस डलरको नोट निकाले।

यसैबीच क्याफे चलाई बसेका भाइले सोधे – “क्वासँलाई अलि तातो बनाइदिउँ?” उनी त्यस्तै ३० सेकेण्डजति माइक्रोवेभ ओभनमा राख्दिन्छन् न्यानो पार्नलाई। तर ती कामदार महाशयले बुझेनन् के सोधेको भनेर। दुई-तीन चोटी सोधेपछि बल्ल बुझे उनले। अनि तुरुन्तै “हुन्छ” भने। त्यसपछि मूल्य चुकाउन तयार भए ती महाशय। सिक्काहरूले मात्रै कफी र क्वासँको मूल्य तिर्ने पहिले, अनि पुगेन भने मात्र दसको नोट चलाउने विचारमा रहेछन् तिनी। सिक्काहरूले नै सबै मूल्य चुक्ने थाहा पाएपछि निकै खुशी देखिए दुवैजना। अनि एक आपसमा त्यस क्याफेका खानेकुराहरूको भाउको अनि क्याफेको बारेमा केही प्रतिक्रिया साटे, सकारात्मक प्रतिक्रियाहरू! त्यसपछि ती महाशयले आफ्नो खल्तिबाट वालेट निकाली त्यो दसको नोट त्यसभित्र राखे अनि वालेटलाई फेरि खल्तिमा हाले – तिनको अनुहारमा हर्षका रेखाहरू प्रष्टै देखिन्थे।
Read more…

Categories: archive hour, faction Tags: